मनसुन सक्रिय, केही जिल्लामा बाढी पहिरो


असार १८, काठमाडौं । देशभर मनसुन सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारसम्म मनसुन थप सक्रिय हुनेछ ।मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो।

महाशाखाका अनुसार न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भाग÷सिमाना आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना कायमै रहेको हो । यही असार २० गतेसम्म आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

ताप्लेजुङ, भोजपुर, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, ते¥हथुम, सुनसरी, सिराह, म्याग्दी, प्यूठान, पाल्पा, सल्यान, बाजुरालगातका जिल्लामा अवीरल बर्षा भइरहेको छ । केही स्थानमा पहिरो खसेको छ । त्यस्तै कैलाली र वारामा चट्याङले सामान्य क्षति पुर्याएको छ।

मनसुन अवधिमा देशभर साधारणयतादेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन९चट्याङसहित भारी वर्षा भइरहेको छ।

मनसुन सक्रिय रहेको अवधिभर कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, र ओखलढुङ्गा बाढी पहिरोको उच्च जोखिममा छन्।

यस्तै बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा तथा गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङजा, तनहुँ, नवलपरासी पूर्व र लमजुङ पनि उच्च जोखिममा रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।

यसैगरी लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व पनि बाढी पहिरोको उच्च जोखिममा छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?